सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिलाई बुझायो निर्वाचन आयोगले उपनिर्वाचनको परिणाम

निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

१५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।

इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १२:११

लोकप्रिय