सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी

मन्त्रिपरिषद् बैठक बस्दैछ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्नेगरी बोलाइएको हो।  बैठकमा मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ।

गत चैत्र ३० गते हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनेबारे आजको बैठकमा छलफल हुने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार हिउँदे अधिवेशन वैशाख अन्तिम साताभित्रै बोलाउने सरकारले आवश्यक तयारी गरिरहेको छ। जेठ १५ गतेमा आगामी वर्षको  बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनेछ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार ११:३२