भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपाललगायत विभिन्न दलकाका नेताहरूलाई निमन्त्रणा गरेको छ । नेपालबाट विभिन्न दलका नेताहरू आजै दिल्ली जान लागेका हुन् ।
भाजपाका निमन्त्रणामा नेपाली काँग्रेसको तर्फबाट उदयशम्शेर राणा, माओवादीको तर्फबाट मातृका यादव, एमालेको तर्फबाट विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जयकान्त राउत दिल्ली जान लागेका हुन् ।
भाजपाले चुनावमा कसरी चुनावी प्रचार गर्छन्, चुनावी एजेन्डा के-के छन्, भाजपा नेतृत्वको सरकारले के के गरेको छ भन्ने विषयमा उनीहरूलाई जानकारी गराउनुको साथै केही चुनावी क्षेत्रहरूको अवलोकन समेत गराउने बताइएको छ ।
भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाएको छ । अस्ट्रेलियाको लिबर पार्टी, भियतनामका कम्युनिस्ट पार्टी, बंगलादेशका बङ्गलादेश अवामी लिग, इजराइलका लिकुड पार्टी, युगान्डाका नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टी, श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना, युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोशलिस्ट मुभमेन्ट, मेरिसस लेबर पार्टी, मौरेसियन मिलटेन्ट मुभमेन्ट, पार्टी मौरिसियन सोशल डेमोक्रेटका प्रतिनिधिहरू दिल्ली जाने बताइएको छ ।
विभिन्न देशका नेताहरूसँग भाजपाका अध्यक्ष जेपी नन्दा, भारतीय विदेश मन्त्री एस.जयशंकर, रेल्वे मन्त्री आश्विनी वैष्णवले भारतमा भइरहेको चुनावको बारेमा छलफल गर्ने बताइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ