सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा एमाले र कांग्रेसको रोचक प्रतिस्पर्धा, एमालेका भण्डारी ९ मतले अगाडि

बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

हिजो दिनभर एमालेले अग्रता लिएको यो ठाउँमा आज बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । अहिले फेरि एमालेले झिनो मतले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याउनुभएको छ । भण्डारी ९ मतले मात्रै अगाडि हुनुहुन्छ ।

अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २६ हजारभन्दा धेरै मतगणना भैसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १०:५०

लोकप्रिय