सूचनाको शक्ति - The Power Of Information

        

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहानदेखि पछाडि पारेको छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ८ हजार २२७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार ९७४ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २५३ मतले अगाडि छ।

माओवादीका उम्मेदवार जनक बुढा २९ सय ९३ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २१ सय ६२ मतसहित चौथो स्थानमा छन्।

अहिले मष्टा गाउँपालिकाको ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना जारी छ। अब तल्कोट र साइपाल गाउँपालिकाको मतगणना हुँन बाँकी छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०७:३६

लोकप्रिय