लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई ब्रेन स्टप भएपछि उपचारका लागि काठमाडाैंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
वैशाख १३ गते बिहीबार साँझदेखि बिरामी परेका शेरचनको ललितपुर भैंसेपाटीस्थित मेडिसीडी उपचार भइरहेको र अहिले खतरामुक्त रहेको प्रमुख प्रमुख स्वकीय सचिव नारायणप्रसाद आचार्यले जानकारी दिएका छन् ।
शेरचनको देब्रे हात नचल्ने भएको छ । उनलाई आईसीयुबाट अहिले क्याबिनमा सारिएको छ । चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमा राख्नुपर्ने भएको छ ।
८२ वर्ष शेरचन ३२ महिना पहिले लुम्बिनी प्रदेशको प्रमुखको जिम्मेवारीमा आएका हुन् । उनी बिरामी हुने समयमा काठमाण्डौमै रहेको उनको सचिवालयले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके