सूचनाको शक्ति - The Power Of Information

        

लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

नीतिगत र व्यवसाय शुरु गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधारका लागि सरकारले नौ वटा ऐनलाई अध्यादेशमार्फत संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतवार १४:३१