बझाङ क्षेत्र नम्बर–१ ‘क’मा मतगणना सुरु गरिएको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आइतबार निर्धारित समयभन्दा झन्डै एक घण्टापछि मतगणना थालिएको हो ।
छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । दुई स्थानमा मतगणना गरिएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए ।
बझाङ–१ ‘क’मा ६१ हजार ७४८ मतदाता रहेकामा करिब ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ११ उमेदवार प्रतिस्पर्धामा छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बझाङ