संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ।
संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएकोपछि निलम्बनमा परेका सांसद गुरुङ सर्वोच्च अदालतको आदेशसँगै फुकुवा भएका हुन्।
मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ २०७९ पुस १२ गतेदेखि निलम्बनमा परेका थिए।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ