लुम्बिनी प्रदेशका ७ जना विनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।
यस्तै, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय धर्मबहादुर चौधरीलाई, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेतलाई र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ ।
र, मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके