सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, के गर्ला निर्णय ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले बिहान १० बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकमा कतारका राजाको भ्रमणको बारेमा छलफल हुने बताइएको छ । कतारका राजा मोहम्मद बिन अल थानी मंगलबार नेपाल आइपुग्दै छन् ।

त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकमा केही नियुक्ति र बढुवाको पनि निर्णय गरिनेछ । नेपाल प्रहरीका दुई डिआइजी एआईजीमा बढुवा सिफारिस भएका छन् ।

यस्तै, दुई एसएसपी डिआइजीमा बढुवा सिफारिस भएका छन् । उनीहरूको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा बजेट अधिवेशन आह्वान सिफारिसको विषयमा पनि निर्णय हुने सम्भावना छ । हिउँदे अधिवेशन गत ३० चैतमा अन्त्य भएको थियो ।

सरकारले आगामी १५ जेठमा बजेट ल्याउनुपर्ने बाध्यता छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार ०७:४०

लोकप्रिय