सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीको सपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् ।
मुख्यमन्त्री सोडारीले विना विभागीय मन्त्रालय दिने तयारी गरेका नाउपा प्रदेशसभा सदस्य टीका थापाले अपमान गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी छन् । सत्तारुढ दल नेकपा एमालेको आनाकानीका बाबजुद सोडारी मुख्यमन्त्री बनेका हुन् ।
एमालेले सोडारी विवादास्पद व्यक्ति भएको भन्दै अन्तिम समयसम्म पात्र परिवर्तनको अडान राखेको थियो । तर, अहिले आएर एमालेले समर्थन गरेपनि सोडारी नेतृत्वको सरकार संकटमा परेको छ । एमालेले तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ ।
सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नाउपा रञ्जीता पक्षका दुई गरी २७ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । नाउपाका ७ प्रदेशसभा मध्ये ५ जना रेशम चौधरीका पक्षमा छन् । रेशम पक्ष सोडारी नेतृत्वको सरकारलाई समर्थन नगर्ने पक्षमा छन् ।
एकजनाको समर्थन नहुनेवित्तिकै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउँदैनन । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपचिश्ममा कांग्रेसका १ जना प्रदेशसभा सदस्यको निधन भएपछि अहिले ५२ सदस्य छन । बहुमतमा लागि २७ जना सदस्यको संख्या आवश्यक पर्छ । तर, नाउपाकी थापाले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेसँगै मुख्यमन्त्री सोडारी संकटमा परेका हुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुदूरपश्चिम