सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन : मतपत्र आज जिल्ला पठाइँदै

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ का लागि एक लाख २८ हजार र बझाङ- १ (१)का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम-२ मा १९ र बझाङ- १ (१) मा ११ उमेदवार छन् ।

इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम छन्। बझाङमा ६१ हजार ७४ मतदाता छन्।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ०८:२६