नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार बाँकेका उद्योगी, व्यवसायीसँग अहिलेको देशको आर्थिक अवस्था र त्यसमा गर्नुपर्ने सुधार लगायतका बारेमा संवाद गर्नुभएको छ।
नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योग व्यवसायी सङ्घ बाँकेको आयोजनामा नेपालगन्जमा सो संवाद गरिएको हो।
नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योग व्यवसायी सङ्घका अध्यक्ष सञ्जय थापाको सभापतित्वमा आयोजित संवादमा उपस्थित भएका उद्योगी, व्यवसायीले सरकारको नीति, आर्थिक सङ्कटका कारण आफूहरूले बेहोर्नु परिरहेको समस्या महामन्त्री समक्ष राखेका थिए।
सो क्रममा बाँके निर्माण व्यवसायी सङ्घका निर्वतमान अध्यक्ष टेकबहादुर खड्का, औषधी व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुदिप खड्का, औषधी व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष अभय बस्नेत, होटल व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष भाष्कर काफ्ले लगायत उद्योगी, व्यवसायीले आ आफ्ना सुझाव राख्नु भएको थियो।
बाँकेका उद्योगी, व्यवसायीले राखेका समस्या र सुझावलाई महामन्त्री थापाले आफ्नो डायरीमा टिपोट गर्नुभएको छ। उद्योगी, व्यवसायीका कुरा सुनिसकेपछि उहाँले आफूले यो यात्रा सकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री लगायत राजनीतिक दलका अध्यक्षलाई भेटेर समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जिल्लाको उद्योग, व्यवसायको अवस्थाबारे जानकारी गराउँदै बैङ्कको व्याजबाट पीडित आर्थिक क्षेत्रलाई माथि उकास्न सरकारले नयाँ किसिमको प्याकेज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके