सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुने जानकारी दिनुभएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले अधिवेशन अन्त्यको सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो ।
अधिवेशन आज राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराउनुभयो । बैठकमा उहाँले प्रतिनिधि सभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराउनुभएको छ । चालु अधिवेशन गएको माघ २ गतेदेखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक बैठक बसेका छन् ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै चालु अविधेशन अन्त्य गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो निर्णय अलोकतान्त्रिक र संसदीय मूल्य मान्यता विपरीत भएको बताउनुभयो । उहाँका अनुसार कांग्रेसले सरकारको निर्णयको विरोध जनाएको छ ।
सदनमा विपक्षी दलहरूले सहकारीको रकम अपचलन लगायतका विषयमा कुरा उठाउँदै आएको विषयलाई गम्भीरतापूर्वक नलिएर सरकारले गैरजिम्मेवारीपन देखाएको लेखकले बताउनुभयो ।
प्रतिपक्षी दलका कारणले सदन अवरुद्ध भएको भनेर सत्तापक्षले लगाएको आरोप झुटो भएको पनि कांग्रेसको ठहर छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ