सूचनाको शक्ति - The Power Of Information

        

आज विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा

काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् ।

पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्‍याएका माओवादी केन्द्र संसदीय दलका नेता महरालाई विश्वासको मत दिन साना दलले विभिन्न शर्त राखेका छन्। केन्द्रमा सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, जसपाले मात्र नभई प्रदेशमा सहकार्य गरेको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मन्त्री नपाउने भए  विश्वासको मत दिन नसकिने शर्त राखेका छन्।

चार सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको एकीकृत समाजवादी र स्वतन्त्रका सांसदको मत नपाए माओवादी र एमालेका सांसदले मात्र बहुमत पुग्दैन।

८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ०७:४२

लोकप्रिय