सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् ।

उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका थिए ।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदकाे आवश्यकता पर्छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १६:३९

लोकप्रिय