सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक चल्न दिएन

संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको विरोध काठमाडौ, २७ चैतः सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस। तस्बिरः रत्न श्रेष्ठ÷रासस

नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । गृहमन्त्री रवि लामिछानेसँग जोडिएको भनिएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर कांग्रेसले आजको बैठक चल्न नदिएको हो ।

बैठक चलाउने विषयमा सहमति जुटाउन आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरूसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । सत्ता पक्ष छानबिन समिति बनाउन नसकिने र प्रतिपक्षले समिति गठन नगरि नहुने अडान कायम रहेपछि बैठक निष्कर्षविहीन भएको हो ।

आजको प्रतिनिधि सभा बैठकको शुरुमै कांग्रेसका सांसदले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि बैठक फेरि बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १६:३०

लोकप्रिय