सूचनाको शक्ति - The Power Of Information

        

बैशाख १ गते कांग्रेस क्षेत्र नम्बर २ बाँकेले जनतासंग संवाद गर्ने, गगन थापा आउँदै

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ ले जनतासंग संवाद कार्यक्रम गर्ने भएको छ ।

आज बसेकाे क्षेत्रीय कार्यसमिति बैठकले नव बर्ष २०८१ बैशाख १ गते जनतासंग संवाद कार्यक्रम गर्ने निर्णय गरेको हो ।

जनतासंग संवाद कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाकाे त्रिभुवन चाैक र डुडुवा गाउँपालिकाको कम्दीस्थित मिलन चाैकमा गर्ने निर्णय भएकाे क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताए ।

दुबै कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनतासंग संवाद गर्ने गुप्ताले जानकारी दिए ।

बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रियसभा सदस्य युवराज शर्मा, नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गाेपालप्रसाद अधिकारी, सचिव शुधांसु काेइराला, काेषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेपाली कांग्रेसका नेताहरू सुनिल नरसिंह राणा, राजकुमार बर्मा, सुदिप नरसिंह राणा, जितेन्द्रबहादुर हमाल लगायतले जनतासंग संवाद कार्यक्रमलाई भब्यरूपमा सफल बनाउन सबै पार्टी पंक्ति लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १७:४८

लोकप्रिय