सूचनाको शक्ति - The Power Of Information

        

मुख्यमन्त्रीको पहिलो निर्णय

यस्तो छ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको पहिलो निर्णय

सबैसँग सहकार्य गरेर अघि बढ्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेका छन् ।

राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भष्ट्राचार निवरण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

यो कार्यदलले दुई महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने छ । मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागी सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०८:३८

लोकप्रिय