लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार तीन मन्त्री थप्ने तयारी गरेका छन्।
एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्न लागेका हुन्।
मुख्यमन्त्री महराले आइतबार पद तथा गोपनीयताको शपथ लिएसँगै नयाँ मन्त्री थप्ने तयारी गरेका हुन्। उनीहरूलाई पनि आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइनेछ।
एमाले, नागरिक उन्मुक्ति पार्टी, जसपा, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थनमा माओवादीका महरा मुख्यमन्त्री बनेका हुन्। उनलाई ४८ सांसदले विश्वासको मत दिएका छन्।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ