आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि मतदान स्थल र केन्द्र स्वीकृत भएको छ ।
निर्वाचन आयोगका अनुसार इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र तथा बझाङको प्रदेश सभा १ (क) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको हो ।
आयोगले यसअघि हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर–२ मा हुने उपचुनावका लागि एक लाख १५ हजार आठ सय ८९ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ (क) मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।
उपचुनावको कार्यतालिकाअनुसार भोलि उम्मेदवारी मनोनयन हुनेछ । निर्वाचन आयोगकाअनुसार २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ