सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

बैतडीको झौलेकमा आज बिहान ट्र्याक्टर सडकबाट खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना हुँदा नाम ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय राजेश चौधरी र त्यसमा सवार बैतडीकाे पाटन नगरपालिका–१० का ५० वर्षीय राजेश चौधरीको ज्यान गएको हो ।

दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १५:४८

लोकप्रिय