२०८२ कात्तिक २२ , शनिबार 8, November 2025, Saturday

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

सत्यपाटी
सत्यपाटी । काठमाडौँ
२०८० चैत २३ गते शुक्रबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् ।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

l

प्रकाशित मिति : २०८० चैत २३ गते शुक्रबार