सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ह्वीप

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

आज बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको प्रदेश सभाका एक सदस्यले जानकारी दिए ।

मुख्यमन्त्री शाहले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

 सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् । 

नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात, राप्रपाका एक र एक स्वतन्त्र दलको समर्थन जुटाएर विश्वासको मत पाउने दाउमा मुख्यमन्त्री रहेका छन् । तर, विवादका कारण हाल नागरिक उन्मुक्ती दुई भागमा विभाजन भएकाले मत पनि विभाजित हुने देखिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १६:००

लोकप्रिय