सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा बैठक बस्दै, उपाध्यक्षको निर्वाचन मिति तोकिने

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यस्तै, अध्यक्षले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्नेछन् ।

बैठकमा अध्यक्षले राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनको मिति तोक्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०९:४९