सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।

यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम थियो । तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने बताएपछि प्रदेशसभाको बैठक आजका लागि सारिएको हो ।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् ।

चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् ।

लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०९:४७

लोकप्रिय