बाग्मती प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एमालेबाट मन्त्री बनेका केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज शपथ गराउनुभयाे ।
मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरी चार जना मन्त्री समावेश गर्नुभएको थियो । केशवप्रसाद पोखरेलले वन तथा वातावरण, रामेश्वर श्रेष्ठले स्वास्थ्य, एकालाल श्रेष्ठले खानेपानी सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ ।
यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विनाविभागीय मन्त्रीमा शपथ गराउनुभएकाे छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ