सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभाद्वारा बिमस्टेक बडा पत्र अनुमोदन

सङ्घीय संसद्ले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमष्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सो बडापत्र अनुमोदन गरियोस् भनी उपप्रधान एवम्  परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।

यसअघि सो बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय हितलाई अनुकूल हुनेगरी बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

यता परराष्ट्रमन्त्री श्रेष्ठले पनि बिमस्टेकलाई सार्कको प्रतिस्थापनको संस्थाको रूपमा नेपालमा नलिएको स्पष्ट पार्नुहुँदै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र २१ गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १७:३४

लोकप्रिय