सूचनाको शक्ति - The Power Of Information

        

एक्सनमा रञ्जिता, बाग्मती र गण्डकी प्रदेश अध्यक्षलाई पार्टीबाटै हटाइयो (पत्रसहित)

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी हुन् ।

सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्काशन गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार अबेर जारी पत्रमा उल्लेख छ ।

अध्यक्ष रञ्जिता संघदेखि प्रदेशसम्म नवगठित सत्ता समीकरणमा सामेल हुने पक्षमा छिन् भने संरक्षक रहेका पति रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारै पक्षमा छन् ।

त्यही कारण पार्टीभित्र विवाद चरम अवस्थामा पुगेर सोमबार काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता-कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ११:५३

लोकप्रिय