सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् ।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् ।

चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ०८:३०

लोकप्रिय