सूचनाको शक्ति - The Power Of Information

        

बागमतीमा कांग्रेसले मुख्यमन्त्रीकाे विपक्षमा मतदान गर्ने

नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिको आइतबार काठमाडौंमा बसेको बैठकले बागमती प्रदेश संसदीय दललाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

बैठकले पार्टीका सम्पूर्ण प्रदेश सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको कांग्रेस बागमती प्रदेश समितिका मुख्यसचिव राजु नेपालले जानकारी दिए ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोलि विश्वासको मत लिने कार्यक्रम छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

बागमतीको ११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार १३:५७

लोकप्रिय