सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको आज बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

भूगोल बुझेका तथा जनताको समस्याबारे जानकार गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाको भनाइ छ । 

इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गतेका लागि उपनिर्वाचन हुने भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १६:००

लोकप्रिय