सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा बैठकको मिति सारियो

सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठकको मिति सारिएको छ । संसद् सचिवालयले बुधबार सूचना टाँस गरेर राष्ट्रियसभा बैठकको मिति सारिएको जानकारी दिएको हो ।

बिहीबारका लागि बोलाएको बैठक शुक्रबार सारिएको राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए । अब राष्ट्रियसभा बैठक शुक्रबार अपराह्न १:१५ बजे बस्ने छ ।

r

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १८:५८

लोकप्रिय