सूचनाको शक्ति - The Power Of Information

        

कतारका अमिर तमिमले वैशाखमा नेपालको भ्रमण गर्ने

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले २०८१ वैशाख १२ र १३ गते नेपालको भ्रमण गर्ने भएका छन् ।

यसअघि एक पटक स्थगन भएको उनको नेपाल भ्रमण पुन तय गरिएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीलाई बतायो ।

“कतारका अमिर तमिमको नेपाल भ्रमणको मिति पुनः तय भएको छ । उहाँ दुईदिनको लागि नेपाल आउँदै हुनुहुन्छ । खाडी राष्ट्रबाट नेपालमा हुन लागेको यो अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय भ्रमण हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

यसअघि कतारका अमिर तमिमले गत कात्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित गरेका थिए ।

भ्रमणको सम्पूर्ण तयारी सकिएपछि काठमाडौंस्थित कतारको दूतावासले कात्तिक १३ गते परराष्ट्र मन्त्रालयलाई भ्रमण स्थगित गरिएको जानकारी दिएको थियो ।

पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले त्यतिबेला परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको थियो ।

त्यसपछि अहिले पुनः कतारका अमिर तमिमको नेपाल भ्रमण मिति तय गरिएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १५:१४

लोकप्रिय