नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका छन् ।
दुई घण्टा लामो बयान दिएर बाहिरिने क्रममा उद्योगपतिसमेत रहेका सांसद चौधरीले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अहिले यो इस्यूमा राजनीतिकरण गरिएको गुनासो गरे ।
उनले अहिले राजनीतिक स्टन्ट भइरहेको उल्लेख गर्दै आफ्नो चरित्रको प्रमाणपत्र उनीहरुलाई दिइरहन जरुरी नभएको बताए ।
“म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो,” चौधरीले बयानपछि पत्रकारहरुसँग कुरा गर्दै भने, “मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनुपर्दैन । यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित गर्छ । राजनीतिका आफ्ना तरिका छन् । म पनि नवलपरासीबाट निर्वाचित सांसद हुँ ।”
उनले आफ्नो परिवार विगत १४० वर्षदेखि देशका विभिन्न भागमा परियोजना सञ्चालनमा रहेको बताउँदै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि नभएको बताए ।
“१० रोपनी जग्गाको बारेमा कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही पनि होइन । मेरो आफ्नो ४५ वर्षको लामो अनुभवको आधारमा, उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष र सीएनआईको पूर्वअध्यक्षको हैसियत र विचारकको हैसियतले मैले अहिलेसम्म विकासको राजनीति गरेँ । दलगत राजनीतिमा सक्रिय भइन, दलहरुका बीचका मतभेदमा सरिक भइन ।”
उनले बाँसबारी प्रकरणमा उद्यमीलाई राजनीतिकरण गर्ने र लगानीकर्तालाई राजनीतिकरण गर्ने उद्देश्य राखिएको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ