सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

सत्ता गठबन्धनले आगामी आर्थिक वर्षका लागि सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफल बाँकी रहेकाले सोमबार गर्ने भनिएको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएन ।

गत शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो । सत्तामा सहभागी पाँच दलबाट दुई÷दुई जना नेता कार्यदलमा थिए ।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार ०९:१९

लोकप्रिय