सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा सहायक महामन्त्री बलायरसहित तीन नेता निलम्बन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीन नेतालाई निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।

घटनापछि कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई ४८ घण्टाभित्र छानबिन गरी प्रतिवदन दिन निर्देशन दिएको थियो ।

अनुशासन समितिले बुझाएको प्रतिवेदन अनुसार राप्रपाले घटनाको भिडियो फुटेज विश्लेषण गर्नुका साथै  सरोकारवालको बयान समेत लिएको थियो । गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला नेता श्रेष्ठमाथि आक्रमण भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १६:४४