२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ४ गते आइतबार

नेपाली कांग्रेसले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप गरेको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ४१ सदस्य मनोनयन गरेका छन् ।

नयाँ थपिएका सदस्यमा दीपकराज ओझा (कैलाली), अशोकसिंह विष्ट (कञ्चनपुर), विनोदकुमार शाही (दैलेख), किरण नेपाली (नुवाकोट), गणेशबहादुर शाही (अछाम), सोमराज मल्ल (डोल्पा), एरिका ढकाल (मोरङ), कविराज शाही (मुगु), बलराम खड्का (बारा), इन्जिनियर सुदीप अधिकारी (लमजुङ), भावना रिजाल (पाँचथर), अमृत उप्रेती (काभ्रे), प्रवीण कैनी (तनहुँ) रहेका छन्  ।

यस्तै आशीष बर्मा (बाँके), सिद्धराज जोशी (अछाम), प्रज्ज्वल महत (जुम्ला), कविता वन (खोटाङ), रामजी बस्नेत (रामेछाप), देउमान लोङ्वा (ताप्लेजुङ), अमितकुमार साह (सिरहा), संस्कार कोइराला (कास्की), प्रदीप शर्मा (पर्वत), प्रवीनराज कँडेल (लमजुङ), निश्चल घिमिरे (मोरङ), करुणासागर सिग्देल (सिन्धुपाल्चोक), रवि योगी (सुर्खेत), डम्मर साउद (बाजुरा) र डण्डीराज जोशी (कैलाली) रहेका छन् ।

यसैगरी निराजन बटला (अछाम), असितमान श्रेष्ठ (काठमाडौँ), खेम राउत (उदयपुर), अनिता सापकोटा (काभ्रे), झिमलाल चापागाईँ (स्याङ्जा), आशिषचन्द्र न्यौपाने (भोजपुर), आकाश उप्रेती (चितवन), सुमित बोहरा (कैलाली), दीप जैसी (अछाम), मङ्गल रावत (बाजुरा), दिलीप आचार्य (दाङ), रामचन्द्र महरा (बैतडी) र लोकेन्द्र बडैला (कैलाली)लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार