सूचनाको शक्ति - The Power Of Information

        

बाबुरामको नेसपा फुट्यो, यादव पक्ष माओवादीमा समाहित

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित भएको भएको छ । विभाजित पक्षको नेतृत्व महिन्द्र राय यादवले गरेका छन् । जो नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ ।

शनबिार बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता गर्ने सहमति गरेको र एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनले टुंगो लगाउने विज्ञप्तिमा उल्लेख छ ।

डा.बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइरहेका बेला प्रचण्डले सो पार्टीका सांसदहरुलाई माओवादीमा बिलय गराएका हुन् ।

नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित दुई सांसद छन् । त्यस्तै, वागमती र गण्डकी प्रदेशसभामा पनि बाबुराम पक्षका सांसद छन् । उनीहरु सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १०:३८

लोकप्रिय