सूचनाको शक्ति - The Power Of Information

        

‘बिजनेस’ नभएपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन गएरातिदेखि अन्त्य भएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालु अधिवेशन अन्त्य भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ।

हिउँदे अधिवेशन तीन दिनमात्रै चल्यो। प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले अधिवेशन अन्त्य भएको हो।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार ०९:००

लोकप्रिय