संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक बस्दै छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सबन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन ।
अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक २०८० माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
साथै, आ.ब. २०८१-८२ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ