लुम्बिनी प्रदेशका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको निधन भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोलका यादवको ८० वर्षको उमेरमा मंगलबार निवासमै निधन भएको हो।
पछिल्लो समयमा उनी पक्षघातका बिरामी थिए। पेशाले शिक्षक यादव उनी २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०४६ सालपछि शिक्षक पेशा छाडेर पूर्णकालीन राजनीतिमा लागेका थिए। २०४८ र २०५१ मा तत्कालीन सिरहा-३ बाट प्रतिनिधिसभाका लागि एमालेबाट उम्मेदवार बनेका थिए।
उनलाई मन्त्रिपरिषदको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्। २०७८ साउन १२ गते शेरबहादुर देउवानेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ