मंगलबार नेप्से परिसूचक ५८.५८ अंकले बढेको छ।
यसदिन नेप्से २.८५ प्रतिशतले बढेर २१११.२४ विन्दुमा बन्द भएको छ।
मंगलबारको बजारमा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् आइतबार २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ६३ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३०५ वटा धितोपत्रको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन ५ वटा लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको हो।
हिमालयन ८०–२० को मूल्य सर्वाधिक २.५७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको इकाइ मूल्य ९ रूपैयाँ १० मा झरेको छ।
यस्तै, मोलुङ हाइड्रोपावरको सेयरमूल्य २.५३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४६३ रूपैयाँ कायम भएको छ।
मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५५४ रूपैयाँमा ३७ करोड १९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५२६ रूपैयाँ ९० पैसामा २४ करोड ०९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ