नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नयाँ सत्ता समीकरणमा मिसिएका छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा गौतमले सत्तारुढ दलका उम्मेदवार नारायण दाहालको पक्षमा मतदान गरेका हुन् ।
नेकपा विघटन हुँदा पूर्व गृहमन्त्री गौतम माधव–प्रचण्ड समूहमा थिए । सर्वोच्चले नेकपा नाम जुधेको भन्दै नयाँ नाम लिएर आउन आदेश दिएपछि एमाले र माओवादी केन्द्रले पुरानै समितिमार्फत आ–आफ्ना गतिविधिमा सक्रिय भएका थिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दल फुटाउन अध्यादेश ल्याएपछि माधवकुमार नेपालले एमालेलाई फुटाएर एकीकृत समाजवादी बनाए । राष्ट्रियसभाका सांसद समेत रहेका गौतमले नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान संचालन गर्दै आएका छन् । तर, पछिल्लो समयमा उनले पार्टीका गतिविधि सक्रिय रुपमा अगाडि बढाउन सकेका छैनन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं