सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।

बैठक दिउँसो तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएका छन् ।

संसद्मा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा आवश्यक समन्वय र परामर्शका लागि बैठक बोलाइएको नेताहरूले बताएका छन् ।

संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने एक नेताले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ०८:५२

लोकप्रिय