२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २८ गते सोमबार

पूर्वमन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राप्रपा नेपालमा प्रवेश गरेकी छिन्। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापति पनि थिइन्।

श्रेष्ठसहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी, काठमाडौं महानगर समितिका सह-सचिव सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रही अवकास प्राप्त विजय प्रताप शाह, नेपाली सेनाबाट अवकाश प्राप्त कृष्णजङ्ग बहादुर सिंह, व्यवसायी तथा समाजसेवी शुभाष विष्ट लगायत दर्जनौ व्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका हुन्।

राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए। नव-प्रवेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको बताइन्।

पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा  कामको जिम्मेवारी र भूमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे।

प्रकाशित मिति : २०८० फागुन २८ गते सोमबार