सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन काँग्रेसको ह्विप

नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

प्रमुख सचेतक रमेश लेखकले सोमबार एक सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आगामाी बुधबार(३० फागुनमा) विश्वासको मत लिन लागेका छन्।

कांग्रेसले बुधबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन र प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो।

कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले फागुन २१ गते एमाले,रास्वापा लगायतका दलको नयाँ गठबन्धन बनाएका छन्। प्रचण्डको उक्त कदमले काँग्रेस अहिले सदनमा प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ।

प्रचण्डले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादीसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्रीमा विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार १४:३७

लोकप्रिय