२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय आज सार्वजनिक गर्ने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २८ गते सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दैछ।

शनिबार शुरु भएको बैठकमा देशको राप्रपाले अगाडि सारेको आन्दोलनका कार्यक्रम र कार्ययोजनाबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भइरहेको छ।

शनिवार बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरेका थिए। तिनै एजेण्डामाथि सदस्यहरूले आइतबार धारणा राखेका थिए।

बैठकका निष्कर्ष सोमबार नै सार्वजनिक गर्ने तयारी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २०८० फागुन २८ गते सोमबार