सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता आज, भोलि निर्वाचन

भोलि (फागुन २९ गते) हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका रहेको छ । संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।

नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने समझदारी भएको छ । माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नयाँ गठबन्धनमा तलमाथि नभए दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने निश्चित छ । माओवादी, एमाले, एकीकृत समाजवादी र जसपासँग राष्ट्रियसभामा ३९ सांसद छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०७:३८

लोकप्रिय